नेपाल विद्यावारिधी संघको १५ औं साधारण सभा सम्पन्न


काठमाडौं, ९ मंसिर/ नेपाल विद्यावारिधी संघको १५ औं साधारण सभा सम्पन्न भएको छ । नयाँ कार्यकालका लागि डा. सुनिलबाबु श्रेष्ठको अध्यक्षता कार्यसमिति चयन गर्दै साधारण सभा सम्पन्न भएको हो ।

राजधानीको जमलस्थित होटल एल्लोप्यागोडाको सभाकक्षमा आज आयोजित १५ औं साधारण सभाबाट अघिल्लो कार्यकालका अध्यक्ष, महासचिव र कोषाध्यक्षद्वारा पेश गरिएको वार्षिक प्रतिवेदन सर्वसम्मतिले पास गर्दै आगामी वर्षका लागि नयाँ कार्ययोजना समेत प्रस्तुत गरिएको थियो ।

निवर्तमान अध्यक्ष प्रा.डा. रेजिना मास्के रहने गरी नेपाल विद्यावारिधी संघको १५ औं साधारण सभाबाट डा. सुनिलबाबु श्रेष्ठको अध्यक्षता १२ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । संघको नयाँ कार्यसमितमा अध्यक्षको जिम्मेवारी डा. सुनिलबाबु श्रेष्ठमा रहेको छ । उपाध्यक्ष पदमा डा. चन्द्रकान्त ज्ञवाली चयन भएका छन् । त्यसैगरी महाससचिव पदका लागि पुरानै अनुहार दोहोरिएको छ । डा. अलकबाबु प्रसाई (डा.आलोक)ले महासचिव पदको जिम्मेवारी पाएका छन् ।

संघको नयाँ कोषाध्यक्ष पदका लागि डा. सारिका अमात्य चयन भएकी छिन् । नेपाल विद्यावारिधी संघको १५ साधारण सभाले सचिव पदको जिम्वारी डा. सुन्दरीदेवी पोखरेललाई दिएको छ । त्यसैगरी संघको नयाँ कार्यसमिति सदस्यहरुमा डा. भोलानाथ ढकाल, डा. दिवस अमात्य, डा. लेखनाथ भण्डारी, डा. रामशरण थपलिया, डा. रमेशकुमार भण्डारी र डा. सुरक्षा सुवेदी चयन भएका छन् ।

नेपाल विद्यावारिधी संघको १५ सभाको संघकी अध्यक्ष प्रा.डा. रेजिना मास्केले पानसमा बत्ती बालेर उद्घाटन गरेकी थिईन भने संघद्वारा प्रकाशित संघमा आबद्ध सदस्यहरुको परिचय झल्कने पुस्तक पनि विमोचन गरिएको थियो ।

News Source: https://www.tatokhabar.com/2023/11/5280/